विज्ञापन लोड हुँदैछ...
मुख्य पृष्ठमा जानुहोस्

SEE Supplementary Exam Routine 2083: एसईई पूरक (ग्रेड वृद्धि) परीक्षाको तालिका सार्वजनिक

SEE Supplementary Exam Routine 2083: एसईई पूरक (ग्रेड वृद्धि) परीक्षाको तालिका सार्वजनिक
edifynepal

edifynepal

लेखक / स्तम्भकार

मितिजेठ ०४, २०८३
भ्युज२४८

राष्ट्रिय परीक्षा बोर्ड (NEB), सानोठिमी भक्तपुरले वर्ष २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) पूरक अर्थात् ग्रेड वृद्धि परीक्षाको कार्यतालिका (Routine) सार्वजनिक गरेको छ। नियमित परीक्षाको नतिजा प्रकाशन भएसँगै बोर्डले 'नट-ग्रेडेड' (NG) भएका विद्यार्थीहरूका लागि परीक्षा तालिका सार्वजनिक गरेको हो।

 

सूचना अनुसार, एसईई पूरक परीक्षा आगामी २०८३ असार १ गतेदेखि असार ९ गतेसम्म बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म सञ्चालन हुनेछ।

 

एसईई नतिजा २०८२ को संक्षिप्त विवरण

यस वर्षको नियमित एसईई परीक्षामा कुल ४,३०,६६७ विद्यार्थी सहभागी भएका थिए। जसमध्ये:

  • ग्रेड प्राप्त गर्ने विद्यार्थी: २,८४,१६० जना

  • नट-ग्रेडेड (NG) विद्यार्थी: १,४६,५०७ जना (यही समूह पूरक परीक्षामा सहभागी हुन पाउनेछन्)

  •  

SEE Supplementary Exam Routine 2083 (असार १ - ९)

राष्ट्रिय परीक्षा बोर्डको मिति २०८३/०१/२८ को निर्णय अनुसार परीक्षा निम्न तालिका बमोजिम हुनेछ:

 

मिति (BS)अनिवार्य र ऐच्छिक विषयहरू (Subjects)
२०८३ असार १, सोमबार

 

अनिवार्य अंग्रेजी (1011) / अनिवार्य संस्कृत रचना / अनिवार्य अरबी भाषा

 

२०८३ असार २, मंगलबार

 

अनिवार्य नेपाली (1021) / गैर-नेपाली विद्यार्थीका लागि अतिरिक्त अंग्रेजी

 

२०८३ असार ३, बुधबार

 

अनिवार्य गणित (1031)

 

२०८३ असार ४, बिहीबार

 

अनिवार्य विज्ञान तथा प्रविधि (1041) / संस्कृत तर्फका वेद तथा नीतिशास्त्र / मदरसा तर्फका इस्लामिक स्टडिज

 

२०८३ असार ५, शुक्रबार

 

अनिवार्य सामाजिक अध्ययन (1051) / प्राविधिक धार: ऐच्छिक गणित / संस्कृत भाषा र व्याकरण

 

२०८३ असार ६, शनिबार

 

साधारण/संस्कृत धार: सबै ऐच्छिक प्रथम पत्रका विषयहरू

प्राविधिक धार: Animal Health, Industrial Agriculture, Data Structure & OOP Using C++, Building Construction, Electrical Machine, Classical Music

 

२०८३ असार ७, आइतबार

 

साधारण/संस्कृत धार: सबै ऐच्छिक द्वितीय पत्रका विषयहरू

प्राविधिक धार: Dairy Product Technology, Food Crop, Computer Hardware, Highway Engineering, Basic Electronics, Nepali Folk Music

 

२०८३ असार ८, सोमबार

 

प्राविधिक धार: Veterinary Lab, Horticulture, Database Management System (DBMS), Engineering Surveying, Industrial Installation, Western Music

 

२०८३ असार ९, मंगलबार

 

प्राविधिक धार: Aquaculture & Fisheries, Floriculture, Digital Design & Microprocessor, Estimating/Costing, Utilization of Electrical Energy, Vocal Music, Dance

 

 

SEE ग्रेड वृद्धि परीक्षा सम्बन्धी महत्त्वपूर्ण नियम तथा निर्देशनहरू

परीक्षार्थीहरूले परीक्षा दिनु अघि निम्नलिखित नियमहरू अनिवार्य रूपमा पालना गर्नुपर्नेछ:

 

  1. फारम भर्न योग्य विद्यार्थी: २०८२ को नियमित एसईई परीक्षामा सामेल भई 'नट-ग्रेडेड' (NG) श्रेणी प्राप्त गरेका विद्यार्थी मात्र योग्य हुनेछन्। परीक्षा रद्द (Canceled) भएका विद्यार्थीहरूले यो परीक्षा दिन पाउने छैनन्।

  2.  

  3. प्रवेश पत्र र सिम्बोल नम्बर (Symbol Number): परीक्षा हलमा पुरानाे वा नयाँ व्यवस्था अनुसारको प्रवेश पत्र अनिवार्य हुनुपर्छ। नियमित परीक्षाकै सिम्बोल नम्बर प्रयोग गर्नुपर्नेछ, फरक सिम्बोल नम्बर प्रयोग गरेमा परीक्षा स्वतः रद्द हुनेछ।

  4.  

  5. आकस्मिक सार्वजनिक बिदा: परीक्षाकै दिन कुनै आकस्मिक सार्वजनिक बिदा परे तापनि NEB को पूर्व सूचना बिना परीक्षा स्थगित हुने छैन।

  6.  

  7. परीक्षा केन्द्र (Exam Centers): परीक्षार्थीको परीक्षा केन्द्र परिवर्तन गर्न पाइने छैन। परीक्षा केन्द्र सम्बन्धी जानकारी जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईले उपलब्ध गराउनेछ।

  8.  

  9. विशेष प्राथमिकता: अपाङ्गता भएका, गर्भवती वा किरियापुत्री रहेका विद्यार्थीहरूका लागि केन्द्राध्यक्षले विशेष र सुरक्षित बस्ने व्यवस्था मिलाउनुपर्नेछ।

  10.  

  11. निषेधित वस्तुहरू: परीक्षा हलभित्र मोबाइल फोन, स्मार्टवाच, ब्लुटुथ डिभाइस वा अन्य कुनै पनि इलेक्ट्रोनिक ग्याजेट लैजान कडा प्रतिबन्ध छ। भेटिएमा परीक्षा तुरुन्त रद्द गरिनेछ।

  12.  

आधिकारिक सम्पर्क र थप जानकारी:

परीक्षा सम्बन्धी कुनै दुविधा वा अलमल भएमा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी, भक्तपुरको आधिकारिक फोन नम्बर ०१-६६३०७३९ वा ०१-६६३००७० मा सिधै सम्पर्क गर्न सकिनेछ। साथै आधिकारिक अपडेटका लागि www.neb.gov.np वा see.gov.np मा हेर्न सकिन्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

विज्ञापन लोड हुँदैछ...
SEE Supplementary Exam Routine 2083: एसईई पूरक (ग्रेड वृद्धि) परीक्षाको तालिका सार्वजनिक | Edify Nepal