SEE उत्तीर्ण विद्यार्थीका लागि खुसीको खबर: 'प्रोजेक्ट शिक्षा' मार्फत १५० जनालाई छात्रवृत्ति घोषणा


edifynepal
लेखक / स्तम्भकार
माध्यमिक शिक्षा परीक्षा (SEE) उत्तीर्ण गरेर उच्च शिक्षाको पर्खाइमा रहेका विद्यार्थीहरूका लागि एउटा सुनौलो अवसर सार्वजनिक भएको छ। सामाजिक सञ्जालमा लोकप्रिय प्लेटफर्म रुटिन अफ नेपाल बन्द (Routine Of Nepal Banda - RONB) ले 'प्रोजेक्ट शिक्षा छात्रवृत्ति २०२६' (Project Shiksha Scholarship 2026) अन्तर्गत १५० जना विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो।
यो सामाजिक पहल साओर्स एक्सन नेपाल र हङकङ (Sowers Action Nepal & HK) तथा १०० ईज ग्रुप (100s Group) को संयुक्त आयोजनामा सुरु गरिएको हो।
सहयोगी र प्राविधिक साझेदारहरू
विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई उच्च शिक्षा (प्लस टु) अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले ल्याइएको यस परियोजनामा एनसेल फाउन्डेसन (Ncell Foundation) मुख्य सहयोगी साझेदारको रूपमा रहेको छ। त्यसैगरी, अमेरिकास्थित दारी क्लब (Dari Club USA) सहयोगी संस्थाको रूपमा जोडिएको छ भने विद्यार्थीहरूलाई डिजिटल माध्यमबाट आवेदन दिन सहज बनाउन स्टडस्फेयर (studsphere) ले प्राविधिक साझेदार (Technical Partner) को भूमिका निभाएको छ।
आवेदन दिने अन्तिम मिति र प्रक्रिया
'प्रोजेक्ट शिक्षा छात्रवृत्ति २०२६' का लागि आवेदन दिने अन्तिम समय २०८३ जेठ १३ गते सम्म तोकिएको छ। छात्रवृत्ति सम्बन्धी थप विस्तृत विवरण, योग्यता र फारम भर्ने लिंक रुटिन अफ नेपाल बन्दको आधिकारिक सामाजिक सञ्जालको कमेन्ट सेक्सन वा आधिकारिक डिजिटल प्लेटफर्ममा उपलब्ध गराइएको छ।
विद्यार्थीहरूले छात्रवृत्ति सम्बन्धी कुनै पनि जिज्ञासा वा विस्तृत जानकारीका लागि सिधै तल दिएका सम्पर्क नम्बरहरूमा फोन गरेर बुझ्न सक्नेछन्:
सम्पर्क नम्बरहरू: ९७०२०M५८१७ | ९८६००९८२६६ | ९७०२९७२९७३ | ९८१८३७८६४२
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?