लामिछाने पदबाट निलम्बित


edifynepal
लेखक / स्तम्भकार
लगत्तै ८ पुस २०८१ मा संघीय संसद् सचिवालयले सूचना निकालेर लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको थियो । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ को दफा दफा २२ मा मुद्दा दायर भएपछि सम्पत्ति शुद्धीकरण मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वत: निलम्बन भएको मानिने व्यवस्था छ ।

लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दाको किनारा लागेको छैन । यसकारण उनले सांसद पदको शपथ लिन पाउँछन कि पाउँदैनन् भन्ने चासो रहेको हो ।
महान्यायाधिवक्ता कार्यालयका अधिकारीहरू लामिछानेले कानुनत: शपथ लिन नमिल्ने तर्क गर्छन् ।
अदालतमा मुद्दा विचाराधीन रहेकाले यो विषयमा औपचारिक प्रतिक्रिया दिन अस्वीकार गरेका महान्यायाधिवक्ता कार्यालयका ती अधिकारी भन्छन्, ‘निलम्बन सार्वजनिक पद धारण गरेको अवस्थामा हुने हो । चुनाव जितेपछि शपथ लिन हुँदैन । शपथ लिएपछि सार्वजनिक पद धारण गरेको हुन्छ । सम्पति शुद्धीकरणको अभियोग लागेका व्यक्ति सार्वजनिक पदमा हुँदा निलम्बन हुन्छन् भने यही अभियोग लागेका व्यक्तिले सार्वजनिक पद धारण गर्न नै मिल्दैन ।’
fhjskdhfkjsfdf

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?