विज्ञापन लोड हुँदैछ...
मुख्य पृष्ठमा जानुहोस्

टोखा नगरपालिकाद्वारा कक्षा ११ का लागि छात्रवृत्ति आवेदन खुला: जेठ १५ गतेसम्म भर्न पाइने

टोखा नगरपालिकाद्वारा कक्षा ११ का लागि छात्रवृत्ति आवेदन खुला: जेठ १५ गतेसम्म भर्न पाइने
edifynepal

edifynepal

लेखक / स्तम्भकार

मितिजेठ ०१, २०८३
भ्युज६२

टोखा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय (मैजुहिटि, काठमाडौँ) ले शैक्षिक सत्र २०८३/८४ का लागि संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा कक्षा ११ अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि छात्रवृत्ति परीक्षा सम्बन्धी महत्वपूर्ण सूचना प्रकाशित गरेको छ।

 

नगरपालिकाले जारी गरेको सूचना अनुसार योग्यता पुगेका विद्यार्थीहरूले अनलाइन माध्यमबाट नि:शुल्क आवेदन दिन सक्नेछन्।

 

महत्त्वपूर्ण विवरणहरू:

 

  • आवेदन सुरु हुने मिति: २०८३ जेठ १ गते, बिहान १०:०० बजेदेखि

  • आवेदन दिने अन्तिम मिति: २०८३ जेठ १५ गते, मध्यरात १२:०० बजेसम्म

  • आवेदन पोर्टल: scholarship.tokhamun.gov.np

  • आवेदन शुल्क: नि:शुल्क

  • परीक्षा मिति: २०८३ जेठ २३ गते, शनिबार

  • परीक्षा समय: बिहान ८:०० बजेदेखि

  • परीक्षा केन्द्र: पछि प्रकाशन गरिनेछ

  •  

परीक्षा प्रणाली र पाठ्यक्रम

छात्रवृत्ति छनोटका लागि लिइने परीक्षामा माध्यमिक तह (कक्षा १०) को पाठ्यक्रममा आधारित १०० पूर्णाङ्कका बहुवैकल्पिक वस्तुगत प्रश्नहरू (MCQs) सोधिनेछ। जसको भार विभाजन निम्नानुसार गरिएको छ:

विषयभार (Weightage)
विज्ञान३०%
अंग्रेजी३०%
गणित३०%
सामान्य ज्ञान (GK)१०%

 

नोट: टोखा नगरपालिका अन्तर्गतका संस्थागत विद्यालयहरूमा छात्रवृत्तिमा पढ्न इच्छुक विद्यार्थीहरूले तोकिएको समयभित्रै अनलाइन फारम भर्नु पर्नेछ। थप जानकारीका लागि नगरपालिकाको आधिकारिक वेबसाइट वा आवेदन पोर्टल हेर्न सकिनेछ। ( https://tokhamun.gov.np/ )

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

विज्ञापन लोड हुँदैछ...
टोखा नगरपालिकाद्वारा कक्षा ११ का लागि छात्रवृत्ति आवेदन खुला: जेठ १५ गतेसम्म भर्न पाइने | Edify Nepal