विज्ञापन लोड हुँदैछ...
मुख्य पृष्ठमा जानुहोस्

कक्षा १२ को परीक्षाफल सार्वजनिक: ६४.१३ प्रतिशत उत्तीर्ण, यसरी हेर्नुहोस् आफ्नो नतिजा (मार्कसिटसहित)

कक्षा १२ को परीक्षाफल सार्वजनिक: ६४.१३ प्रतिशत उत्तीर्ण, यसरी हेर्नुहोस् आफ्नो नतिजा (मार्कसिटसहित)
edifynepal

edifynepal

लेखक / स्तम्भकार

मितिअसार ०५, २०८३
भ्युज७१

राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले कक्षा १२ को नियमित तथा आंशिकतर्फको वार्षिक परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ। बोर्डको आज (शुक्रबार) सानोठिमीमा बसेको बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो।

 

यस वर्षको परीक्षामा देशभरबाट कुल ४ लाख १८ हजार १७० परीक्षार्थी सहभागी भएका थिए, जसमध्ये समग्र उत्तीर्ण प्रतिशत (Pass Percentage) ६४.१३% रहेको बोर्डका प्रवक्ता जयन्ती सत्यालले जानकारी दिनुभयो।

 

नियमिततर्फ १ लाख भन्दा बढी 'नट ग्रेडेड' (ग्रेड विवरण)

बोर्डले सार्वजनिक गरेको विवरण अनुसार नियमिततर्फ परीक्षा दिएका ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये १ लाख ४७१ जना विद्यार्थीको नतिजा 'नट ग्रेडेड' (NG) आएको छ।

 

विद्यार्थीहरूको जीपीए (GPA) वर्गीकरण निम्न प्रकार छ:

  • GPA 3.61 देखि 4.00 सम्म: १७,७८६ जना

  • GPA 3.21 देखि 3.60 सम्म: ६४,८२१ जना

  • GPA 2.81 देखि 3.20 सम्म: ९४,२४९ जना

  • GPA 2.41 देखि 2.80 सम्म: ५०,५९७ जना

  • GPA 2.01 देखि 2.40 सम्म: ४,३०८ जना

  • GPA 1.61 देखि 2.00 सम्म: ९७ जना

  • नट ग्रेडेड (NG): १,००,४७१ जना

 

परीक्षा तथ्याङ्क र कारबाही: ४० जनाको परीक्षा रद्द

यस वर्ष नियमिततर्फको उत्तीर्ण दर आंशिकको तुलनामा निकै उत्साहजनक देखिएको छ। परीक्षामा मर्यादा विपरीत कार्य गर्ने ४० जना परीक्षार्थीहरूको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।

विवरणनियमित (Regular)आंशिक (Partial)कुल (Total)
कुल सहभागी विद्यार्थी३,३२,२४१८५,९२९४,१८,१७०
ग्रेड प्राप्त गर्ने (उत्तीर्ण)२,३१,७७०३६,४२०२,६८,१९०
परीक्षा रद्द गरिएका३०१०४०
उत्तीर्ण प्रतिशत६९.७५%४२.३८%६४.१३%

 

कक्षा १२ को नतिजा (Result) कसरी हेर्ने?

विद्यार्थीहरूले नेपाल टेलिकम र राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक माध्यमबाट निम्न तरिकाले नतिजा र मार्कसिट हेर्न सक्नेछन्:

 

१. वेबसाइटबाट (Websites)

  • राष्ट्रिय परीक्षा बोर्डको नतिजा पोर्टल: result.neb.gov.np

  • नेपाल टेलिकमको आधिकारिक वेबसाइट: neb.ntc.net.np

  •  

२. एसएमएस सेवा (SMS)

  • मोबाइलको म्यासेज बक्समा गएर NEB आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० मा पठाउनुहोस्। (उदाहरणका लागि: NEB 12345678 टाइप गरी 1600 मा सेन्ड गर्ने)

  •  

३. आईभीआर र युएसएसडी (IVR/USSD)

  • नेपाल टेलिकमको मोबाइल वा ल्यान्डलाइनबाट १६०१ मा कल गरेर वा मोबाइलमा *१६०१# डायल गरेर प्राप्त निर्देशन अनुसार नतिजा सुन्न वा हेर्न सकिन्छ।

  •  

विद्यार्थीहरूले ध्यान दिनुपर्ने ४ महत्वपूर्ण कुराहरू

१. शैक्षिक प्रमाणपत्र (Transcript/TMP) लिन कहिले जाने?

परीक्षामा सैद्धान्तिकतर्फ कम्तीमा 'D' ग्रेड र प्रयोगात्मक/आन्तरिक मूल्याङ्कनतर्फ कम्तीमा 'C' ग्रेड ल्याउने विद्यार्थीहरूले मात्र प्रमाणपत्रका लागि आवेदन दिन पाउनेछन्। नतिजा प्रकाशन भएको १५ दिनपछि मात्र ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाणपत्र (TMP) को प्रक्रिया सुरु हुनेछ।

नियमित विद्यार्थीहरूका लागि विद्यालयले नै प्रतिविद्यार्थी रु. १,५०० शुल्क संकलन गरी बोर्डको कार्यालयमा पठाई प्रमाणपत्र लिइदिनु पर्नेछ। विद्यालयहरूले तोकिएको भन्दा बढी शुल्क लिन पाउने छैनन्। प्रमाणपत्र लिन जाँदा कक्षा ११ र १२ को प्रमाणित ग्रेडसिट वा लेजर अनिवार्य बुझाउनुपर्छ।

 

२. नतिजामा चित्त नबुझे पुनर्योग (Retotaling) गर्ने अवसर

आफ्नो ग्रेडमा चित्त नबुझेका विद्यार्थीले प्रतिविषय रु. १,००० शुल्क तिरेर अनलाइनबाटै पुनर्योगको आवेदन दिन सक्नेछन्। यसका लागि नतिजा सार्वजनिक भएको ७ दिनभित्र अर्थात् असार ६ गते बिहान ११:०० बजेदेखि असार १२ गते बेलुका ५:०० बजेसम्म बोर्डको वेबसाइट (neb.gov.np) मार्फत आवेदन दिइसक्नुपर्नेछ।

 

३. नतिजामा त्रुटि भए ६ महिनाभित्र सच्याउनुपर्ने

यदि प्रकाशित नतिजामा स्थगित (Withheld), अनुपस्थित (Absent) देखिएमा वा नाम, रजिष्ट्रेसन नम्बर र विषय गलत भएमा नतिजा प्रकाशन भएको ६ महिनाभित्र परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुर वा बोर्डको प्रदेश कार्यालयमा आवेदन दिनुपर्नेछ। म्याद नाघेपछि आएका आवेदनमाथि कुनै कारबाही हुने छैन।

 

४. पुरक (ग्रेड वृद्धि) परीक्षा कसले दिन पाउँछन्?

नियमिततर्फ परीक्षा दिएका तर बढीमा दुई विषयमा 'NG' (नट ग्रेडेड) आएका वा बढीमा दुई विषयमा अनुपस्थित रहेका विद्यार्थीहरू मात्रै पुरक (Supplementary) परीक्षामा बस्न पाउनेछन्। तर, यसका लागि अन्य बाँकी विषयहरूमा भने कम्तीमा 'D' वा सोभन्दा माथिल्लो ग्रेड आएको हुनुपर्नेछ। पुरक परीक्षाको समयतालिका बोर्डले चाँडै नै अर्को सूचनामार्फत सार्वजनिक गर्नेछ।

 

(नोट: प्राविधिक कारणवश नतिजामा कुनै त्रुटि देखिएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेख (मूल लेजर) बमोजिम नै नतिजा सच्याइने बोर्डले स्पष्ट पारेको छ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

विज्ञापन लोड हुँदैछ...
कक्षा १२ को परीक्षाफल सार्वजनिक: ६४.१३ प्रतिशत उत्तीर्ण, यसरी हेर्नुहोस् आफ्नो नतिजा (मार्कसिटसहित) | Edify Nepal